नियम ६
इजाजतपत्र दिनु पर्ने
(१) नियम ५ बमोजिम समितिबाट सिफारिस भई आएपछि त्यस्तो सिफारिस भई आएको मितिले पन्ध्र दिनभित्र नेपाल सरकारले सम्बन्धित दरखास्तवालासँग इजाजतपत्र बापत अनुसूची–२ बमोजिमको दस्तुर लिई निजलाई अनुसूची–३ बमोजिमको ढाँचामा इजाजतपत्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको इजाजतपत्रको अभिलेख अनुसूची–४ बमोजिमको ढाँचामा अद्यावधिक गराई राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको इजाजतपत्रको अभिलेख अनुसूची–४ बमोजिमको ढाँचामा अद्यावधिक गराई राख्नु पर्नेछ ।